सुसाना (सुसी) कार्सन

जन्म: सन् १८६८
जन्म स्थान: क्यानाडा
दर्शन स्थल: तिब्बत
निधन: सन् १९०८ फेब्रुअरी ७

सुसाना (सुसी) कार्सन, एक क्यानाडाली मेडिकल मिसनरी थिइन्, जो तिब्बतको ‘निषेधित सहर’ ल्हासा पुग्ने उनको साहसी प्रयासका लागि परिचित छिन्। उनले २० वर्षको उमेरमा एक चिकित्सा पेशेवरको रूपमा स्नातक गरिन्‌ र क्यानाडामा छ वर्षसम्म चिकित्सा अभ्यास गरिन्‌। तिब्बतमा सुसमाचार प्रचार गर्ने बोझ रहेको पेट्रस रिजनहार्टसँग विवाह गर्दा उनले मिसनरी बन्ने आफ्नो बाल्यकालको इच्छा पूरा गर्ने अवसर पाएकी थिइन्।

कुनै पनि मिसनरी संस्थाबाट आर्थिक सहयोग बिना मिसनरी दम्पती सन्‌ १८९५ मा सांघाई पुगे। छ महिनाको २००० माइलको खतरनाक यात्रापछि तिनीहरू तिब्बतको सीमावर्ती सहर लुसार पुगे। आफ्नो चिकित्सा कुशलताद्वारा सुसीले स्थानीयहरूसँग मित्रता स्थापित गर्नुमा सफल भईन्‌। जब उनी ल्हासा जानको लागि सही अवसरको प्रतीक्षा गरिरहेकी थिइन्, मुस्लिम विद्रोह सुरु भयो जसको परिणामस्वरूप मुस्लिम र बुद्धिष्टहरूको १,००,००० भन्दा बढी मृत्यु भयो। त्यो डरलाग्दो अवस्थाबाट भाग्नुको सट्टा मिसनरी परिवारले असल सामरीको उदाहरण पछ्याए र दुवै समुदायलाई नै सेवा दिए।

तीन वर्षपछि सुसी र पेट्रस ल्हासामा सुसमाचार प्रचार गर्न तयार भए। ल्हासाको ८०० माइलको यात्रा सुसीका लागि दुःखदायी थियो। अत्यधिक चिसोमा उनीहरूले सास फेर्न गाह्रो हुने १६ हजार फिट अग्लो हिमाल पार गर्दै थिए। यात्राको बीचमा उनीहरूको चिनियाँ गाइडहरूले उनीहरूलाई त्यागेर गए। उनीहरू लुटेराहरूको हातमा परेर लुटिए र खान्कीको पनि अभाव भयो। जब तिनीहरू ल्हासा नजिक पुगे तिब्बती सिपाहीहरूले तिनीहरूलाई ल्हासामा प्रवेश गर्न अनुमति दिएनन्। त्यसैले उनीहरूले चीन फर्किनुपर्‍यो, जुन यात्रामा सुसीले आफ्नो बच्चा र आफ्नो श्रीमान्‌लाई गुमाइन्‌। कयौँ पटक उनी बलात्कार र हत्याको मुखमा परेकी थिइन्‌, तापनि परमेश्वरको अनुग्रहले उनी चीनको ग्यागु पुगिन्।

उनी सन्‌ १९०० मा क्यानाडा फर्किन्‌ र उनको गवाही सुनाउँदै क्यानाडाभरि भ्रमण गरिन्‌। सबै विपत्तिको बाबजुद डा. सुसी सन्‌ १९०२ मा चीन फर्किन्‌ र “तिब्बतको लागि ख्रीष्टको चेलाहरू मिसन” स्थापना गरिन्‌। मिसनरीहरूको एक पुस्तालाई प्रेरित गरेपछि सुसी सन्‌ १९०८ मा छोटो बिरामी पछि प्रभुकहाँ गइन्।

आजको दिनसम्म पनि तिब्बत सुसमाचार र प्रचारकहरूको पर्खाइमा नै छ। साथै “निषेधित सहर” भन्ने त्यसको नाम बदलिएको छैन। के तपाईँ यो बोझलाई आफूमाथि लिन तयार हुनुहुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *