रोमन क्याथोलिक र अर्थोडक्स मण्डलीहरूको इतिहास ।

ई.सं. १०५४ मा इसाई (रोमन क्याथोलिक) मण्डली दुई प्रमुख शाखाहरूमा विभाजित भयो, पश्चिमी रोमन क्याथोलिक मण्डली र पूर्वी अर्थोडक्स मण्डली, जुन घटनालाई “महान्‌ बिछोड” ( ग्रेट स्किज्म) भनेर चिनिन्छ । सिद्धान्त, धार्मिक विधि र सांस्कृतिक प्रथाहरूमा भिन्नताका साथै रोमन साम्राज्यको पूर्वी र पश्चिमी भागहरू बिचको राजनीतिक र आर्थिक तनाव विभाजनको कारण थियो।

“महान्‌ बिछोड”को समयमा क्याथोलिक मण्डलीको रूपमा चिनिने पश्चिमी मण्डलीको प्रमुख कार्यालय इटालीको रोममा थियो । अर्थोडक्स मण्डली पनि भनिने पूर्वीय मण्डली (ईस्टर्न चर्च)को प्रमुख कार्यालय कन्स्टान्टिनोपलमा थियो, जुन अहिले टर्कीको आधुनिक इस्तानबुल हो ।

क्याथोलिक मण्डली विश्वको सबैभन्दा ठुलो इसाई सम्प्रदाय हो, जसको विश्वभर १३० करोडभन्दा बढी सदस्यहरू छन्। यो पोपको नेतृत्वमा छ, जसलाई क्याथोलिक मण्डलीको आत्मिक प्रमुख अगुवा मानिन्छ र भ्याटिकन सिटीमा आधारित छ । क्याथोलिक मण्डलीलाई बिशपहरू, पादरीहरू र डिकनहरू समावेश गर्ने तहगत प्रणाली संरचनाको साथ डयोसिशहरू र मण्डलीहरूमा व्यवस्थित गरिएको छ।

अर्कोतर्फ अर्थोडक्स मण्डली स्वायत्तशासी मण्डलीहरूको सङ्ग्रह हो, जुन सिद्धान्त र उपासनामा एकताबद्ध छन्, तर छुट्टै प्रशासनिक संरचनाहरू छन्। अर्थोडक्स मण्डली विश्वको दोस्रो ठुलो इसाई सम्प्रदाय हो, जसको विश्वव्यापी रूपमा अनुमानित ३० करोड सदस्यहरू छन्। यो प्रमुख बिशप, बिशप, र अन्य पादरीहरूको सङ्ग्रहद्वारा नेतृत्व गरिएको छ, र ग्रिस, रुस र युक्रेन जस्ता देशहरूमा केन्द्रित छ।

शताब्दीयौँदेखि मेलमिलापका प्रयासहरूको बाबजुद, क्याथोलिक र अर्थोडक्स मण्डलीहरूले आफ्नै सिद्धान्तहरू, अभ्यासहरू र सङ्गठनात्मक संरचनाहरूको साथ छुट्टा-छुट्टै धार्मिक परम्पराहरूको रूपमा काम गरिरहेका छन्‌ । आजको समयहरूमा केही मिलापका कुराहरू भए तापनि पूर्ण एकताचाहिँ भएको छैन ।