नइसिन विश्वासको सार

सन्‌ ३८१ को निसिनो-कान्स्टन्टिनोपोलिटन विश्वासको सार धारण गर्दै उभिएका नइसियाको प्रथम परिषद्का विशपहरूसँगै कान्स्टन्टइन १ को चित्रण गर्ने आइकन।
सन्‌ ३८१ को नइसिनो कान्स्टन्टिनोपालिटन विश्वासको सार धारण गर्दै उभिएका नइसियाको प्रथम परिषद्का विशपहरूसँगै कान्स्टन्टइन १ को चित्रण गर्ने आइकन।

नइसिन विश्वासको सार एउटा ख्रीष्टीय विश्वासको कथन हो, जसलाई क्याथोलिक, पूर्वी अर्थोडक्स, एङ्गलिकन र प्रोटेस्टन्ट सम्प्रदायहरूले स्वीकार गरेका छन‌। यो सन्‌ ३२५ मा नइसियाको पहिलो परिषद्‌द्वारा पारित भएको थियो, जुन परिषद्चाहिँ पादरी एरियसले ल्याएको विवादको सम्बोधन गर्नको निम्ति रोमी सम्राट् कान्स्टन्टइनद्वारा बोलाइएको थियो।

“एरियन विवाद” भनिने यो विवादचाहिँ परमेश्वरको पुत्रको प्रकृतिको बारेमा थियो। मिश्रको अलेक्जान्ड्रियाको एक पादरी एरियसले त्यहाँको बिशप अलेक्जान्डरले पिता र पुत्रबिचको भिन्नतालाई मेटाउनुभयो भनी उहाँको विरोध गर्दै, पुत्र एक सृष्टि भएको प्राणी हो, र पिताको साथ एक समान होइनन्‌ भनी विवाद गरे। उनले भने कि पुत्र पिताद्वारा “जन्माइएको” हो, जसको अर्थ यो हो कि पिता र पुत्र एउटै समान सत्त्वको होइनन्‌।

नइसियामा भेला भएका बिशपहरूले एरियसको शिक्षालाई इन्कार गरे, र पुत्र पितासँग एक समान र एउटै सत्त्वको हुनुहुन्छ भनी घोषणा गरे। यो इसाई इतिहासमा एउटा विशेष र उल्लेखनीय घटना हो, जसले त्रिएकताको सिद्धान्तलाई स्थापना गर्न बाटो खोलिदियो। त्रिएकताको सिद्धान्तले परमेश्वर एक हुनुहुन्छ, र पिता, पुत्र र पवित्र आत्माको रूपमा तिन व्यक्तित्वमा हुनुहुन्छ भनी बयान गर्छ।

सन्‌ ३८१ मा कान्स्टन्टिनोपलमा भेला भएको दोस्रो परिषद्ले नइसियन विश्वासको सारलाई संशोधन गरियो। संशोधित विश्वासको सारलाई “नइसिनो कान्स्टन्टिनोपालिटन विश्वासको सार” पनि भनिन्छ, जसमा पवित्र आत्माको बारेमा विवरण थपियो र “एउटै सत्त्व”को भन्ने कुरालाई अझ स्पष्ट पारियो। तर १९ औँ शताब्दीको अन्तिम समयहरूदेखि ईश्वरशास्त्र विद्वानहरूले यो संशोधित विश्वासको सार नइसियन विश्वासको सारको संशोधन नभई छुट्टै अर्को एउटा विश्वासको सार हुन सक्छ भनी मान्छन्‌।

नइसियन विश्वासको सार पछिका शताब्दीहरूमा केही पटक संशोधित भयो, यद्यपि यो आजको दिनसम्म विश्वभरि नै ख्रीष्टिय विश्वासको लागि महत्त्वपूर्ण विश्वासको कथनको रूपमा रहँदै आएको छ। यो इसाई विश्वासको मूल सिद्धान्तको संक्षेपको रूपमा मान्यता पाएको छ, र परमेश्वरको रहस्यबारे बुझ्नको लागि आधारको रूपमा रहँदै आएको छ।

यस विश्वासको सारको बारेमा केही अन्य जानकारीहरू:
• यो चौथौँ शताब्दीमा ग्रीक भाषामा लेखिएको थियो, र त्यही शताब्दीमा नै ल्याटिन भाषामा अनुवाद भयो, जसले पश्चिमी मण्डलीहरूमा यसको प्रभावलाई ल्यायो।
• सुरुका समयहरूमा यस विश्वासको सार बप्तिस्माको बेला पढिन्थ्यो, र नयाँ विश्वासीहरूलाई इसाइत्वको आधारभूत कुराहरू सिकाउनको लागि प्रयोग गरिन्थ्यो।
• यस विश्वासको सार पछिका शताब्दीहरूमा केही पटक संशोधित भयो, तर मूल सिद्धान्त नबदलिएको अवस्थामा नै छ।
• यसलाई अस्वीकार गर्ने सम्प्रदायहरू पनि छन्‌, जसले यो अति संक्षेप छ र परमेश्वरको रहस्यको स्थानलाई घटाएको छ भनी मान्छन्‌, साथै येशूको मनुष्यत्वमा चाहिँदो ध्यान दिएको छैन भनी भन्छन्‌।

आलोचनाहरूको बाबजुद नइसियन विश्वासको सार इतिहासमा एउटा महत्त्वपूर्ण लेखको रूपमा छ, र इसाई समुदायलाई एकतामा बाँध्ने मूल विश्वासको सम्झनास्वरूप छ।
नइसियन विश्वासको सार इसाई विश्वासको मूल सिद्धान्तको सारांशको रूपमा मानिए तापनि धर्मशास्त्रलाई नै अन्तिम आधिकारिक अचुक आधारको रूपमा मान्नु हामी सबैको लागि असल र उत्तम हुन्छ।



नइसियन विश्वासको सार :

हामी विश्वास गर्छौँ, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी, र दृश्य र अदृश्य सबै थोकहरू सृष्टि गर्नुहुनेमाथि ।

र परमेश्वरका एक मात्र जन्माइएको पुत्र, युगानुयुग अगि पिताद्वारा जन्माइएको, ज्योतिबाटको ज्योति, पूर्ण परमेश्वरबाटको पूर्ण परमेश्वर, जन्माइएको सृष्टि नगरिएको, पितासँग एउटै सत्त्वको एक प्रभु येशू ख्रीष्टमाथि; जसद्वारा सबै थोक सिर्जिए; जो हामी मानिसहरूको लागि, र हाम्रो उद्धारको लागि स्वर्गबाट ओर्ली आउनुभयो, र पवित्र आत्माद्वारा र कन्ये मरियमदेखि देहधारी हुनुभयो, र मानिस बनाइनुभयो;

उहाँ पन्तियस पिलातसको अधीनमा क्रूसमा टाँगिनुभयो, र दुःख भोग्नुभयो, र गाडिनुभयो, र धर्मशास्त्रअनुसार नै तेस्रो दिनमा बिउँतनुभयो, र स्वर्गमा चढिजानुभयो, र पिताको दाहिने हातपट्टि बस्नुभएको छ; त्यहाँबाट उहाँ महिमाको साथ जिउँदा र मरेकाहरूको इन्साफ गर्न फेरि आउनुहुनेछ। जसको राज्यको अन्त हुनेछैन।

र जीवनको प्रभु र दाता पवित्र आत्मामाथि, जो पिताबाट आउनुहुन्छ, जसलाई पिता र पुत्रको साथ आराधना र महिमा गरिन्छ, जो अगमवक्ताहरूद्वारा बोल्नुभएको थियो।

एक पवित्र विश्वव्यापी र प्रेरितीय मण्डलीमाथि; हामी पाप क्षमाको निम्ति एउटै बप्तिस्मालाई स्विकार्छौँ। हामी मरेकाहरूको पुनरुत्थानको र आउने संसारको जीवनको प्रतीक्षा गर्छौँ। आमेन।

First Council of Nicaea (325 A.D.)नइसियाको पहिलो परिषद्‌ (सन्‌ ३२५)
We believe in one God, the Father Almighty, Maker of all things visible and invisible.हामी विश्वास गर्छौँ, एक परमेश्वर सर्वशक्तिमान् पिता, दृश्य र अदृश्य सबै थोकहरू सृष्टि गर्नुहुनेमाथि ।
And in one Lord Jesus Christ, the Son of God, begotten of the Father [the only-begotten; that is, of the essence of the Father, God of God,] Light of Light, very God of very God, begotten, not made, consubstantial with the Father;र परमेश्वरको पुत्र, पिताद्वारा जन्माइएका [एक मात्र जन्माइएका; अर्थात् पिताको सत्त्वको, परमेश्वरबाटको परमेश्वर], ज्योतिबाटको ज्योति,  पूर्ण परमेश्वरबाटको पूर्ण परमेश्वर, जन्माइएको सृष्टि नगरिएको, पितासँग एउटै सत्त्वको एक प्रभु येशू ख्रीष्टमाथि;
By whom all things were made [both in heaven and on earth];जसद्वारा सबै थोक सिर्जिए [स्वर्गमा र पृथ्वीमाथि दुबैमा भएका];
Who for us men, and for our salvation, came down and was incarnate and was made man;जो हामी मानिसहरूको लागि, र हाम्रो उद्धारको लागि ओर्ली आउनुभयो र देहधारी हुनुभयो र मानिस बनाइनुभयो;
He suffered, and the third day he rose again, ascended into heaven;उहाँ सताइनुभयो, र तेस्रो दिनमा उहाँ बिउँतनुभयो, स्वर्गमा चढिजानुभयो;
From thence he shall come to judge the quick and the dead.त्यहाँबाट उहाँ जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुनेछ।
And in the Holy Ghost.र पवित्र आत्मामाथि।
First Council of Constantinople (381 A.D.)कान्स्टन्टिनोपलको पहिलो परिषद्‌ (सन्‌ ३८१)
We believe in one God, the Father Almighty, Maker of heaven and earth, and of all things visible and invisible.हामी विश्वास गर्छौँ, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी, र दृश्य र अदृश्य सबै थोकहरू सृष्टि गर्नुहुनेमाथि ।
And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all worlds (æons), Light of Light, very God of very God, begotten, not made, consubstantial with the Father;र परमेश्वरका एक मात्र जन्माइएको पुत्र,  युगानुयुग अगि पिताद्वारा जन्माइएको,  ज्योतिबाटको ज्योति,  पूर्ण परमेश्वरबाटको पूर्ण परमेश्वर, जन्माइएको सृष्टि नगरिएको, पितासँग एउटै सत्त्वको एक प्रभु येशू ख्रीष्टमाथि;
by whom all things were made;जसद्वारा सबै थोक सिर्जिए;
who for us men, and for our salvation, came down from heaven, and was incarnate by the Holy Ghost and of the Virgin Mary, and was made man;जो हामी मानिसहरूको लागि, र हाम्रो उद्धारको लागि स्वर्गबाट ओर्ली आउनुभयो, र पवित्र आत्माद्वारा र कन्ये मरियमदेखि  देहधारी हुनुभयो, र मानिस बनाइनुभयो;
he was crucified for us under Pontius Pilate, and suffered, and was buried, and the third day he rose again, according to the Scriptures, and ascended into heaven, and sitteth on the right hand of the Father;उहाँ पन्तियस पिलातसको अधीनमा क्रूसमा टाँगिनुभयो, र दुःख भोग्नुभयो, र गाडिनुभयो, र धर्मशास्त्रअनुसार नै तेस्रो दिनमा बिउँतनुभयो, र स्वर्गमा चढिजानुभयो, र पिताको दाहिने हातपट्टि बस्नुभएको छ;
from thence he shall come again, with glory, to judge the quick and the dead;त्यहाँबाट उहाँ महिमाको साथ जिउँदा र मरेकाहरूको इन्साफ गर्न फेरि आउनुहुनेछ।
whose kingdom shall have no end.जसको राज्यको अन्त हुनेछैन।
And in the Holy Ghost, the Lord and Giver of life, who proceedeth from the Father, who with the Father and the Son together is worshiped and glorified, who spake by the prophets.र जीवनको प्रभु र दाता पवित्र आत्मामाथि, जो पिताबाट आउनुहुन्छ, जसलाई पिता र पुत्रको साथ आराधना र महिमा गरिन्छ, जो अगमवक्ताहरूद्वारा बोल्नुभएको थियो।
In one holy catholic and apostolic Church; we acknowledge one baptism for the remission of sins; we look for the resurrection of the dead, and the life of the world to come. Amen.एक पवित्र विश्वव्यापी र प्रेरितीय मण्डलीमाथि; हामी पाप क्षमाको निम्ति एउटै बप्तिस्मालाई स्विकार्छौँ। हामी मरेकाहरूको पुनरुत्थानको र आउने संसारको जीवनको प्रतीक्षा गर्छौँ। आमेन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *