खामा

जन्मसन्‌ १८५०
जन्म स्थानबोत्स्वाना, अफ्रिका
दर्शन स्थलबोत्स्वाना, अफ्रिका
निधनसन्‌  २१-०२-१९२३

एक दिन केही बामाङवाटो जनजाति मानिसहरू दौडेर आफ्नो प्रमुख सेगोमाकहाँ आए र उहाँलाई एउटा वस्त्र लगाएको गोरो मानिस आफ्नो गाउँतिर आउँदै गरेको खबर दिए । त्यहाँका जनजातिहरूले गोरा मानिसलाई कहिल्यै देखेका थिएनन्‌ । सेगोमा, एक प्रख्यात झाँक्री, त्यो अनौठो गोरो मानिसलाई भेट्न गए । उनको साथमा उनको जेठो छोरा दौडे, जसको नाम खामा थियो । उनीहरूले पत्ता लगाए कि गोरो मानिसको नाम डेविड लिविङ्‌स्टन थियो र उहाँ रोग निको पार्न सक्ने डाक्टर हुनुहुन्थ्यो।

जवान खामाले लिविङ्‌स्टनले लामो समयसम्म सयौँ पृष्ठहरू भएको जिज्ञासा लाग्ने पुस्तक पढिरहेको देखे । जब लिविङ्‌स्टनले उनलाई बाइबल नै हो, जसको माध्यमबाट उनी परमेश्वरको आवाज सुन्न सक्छन्‌ भनी बताउनुभयो, मौन तर बोल्ने पुस्तक देखेर खामा छक्क परे । केही समय पछि लिविङ्‌स्टनले आफ्नो मिसनरी अन्वेषण जारी राख्न त्यो गाउँ छोडे । तर यो केटा खामाले उहाँलाई कहिल्यै बिर्सेनन् । परमेश्वरको योजनामा धेरै अन्य मिसनरीहरूले लिविङ्‌स्टनलाई पछ्याएर यस गाउँमा आइपुगे र स्थानीयहरूलाई साँचो परमेश्वरको बारेमा सिकाए । धेरै मानिसहरू ख्रीष्टमा डोर्‍याइए, र खामा तिनीहरूमध्ये एक थिए।

ख्रीष्टलाई स्वीकार गरेपछि खामाले धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो । उनी आफ्नो बुबाको ठाउँमा गाउँको प्रमुख भए । उनले आफ्ना मानिसहरूलाई ईश्वरीय मार्गमा डोर्‍याउने प्रयास गर्दा आफ्नै बुबाको क्रोधको सामना गर्नुपरेको थियो । सेगोमा एक शक्तिशाली झाँक्री भएकोले छोरोको विरुद्धमा तन्त्रमन्त्र गरे, साथै दुई पल्ट उनलाई मार्न प्रयास गरे । तर खामाले परमेश्वरको कृपाले सबै दुष्ट शक्तिहरूमाथि विजय पाए । उनले ख्रीष्टको प्रचार गरे र आफ्ना विश्वासीहरूलाई अन्य क्षेत्रहरूमा गएर सुसमाचार प्रचार गर्न सक्षम बनाए । उनले आफ्ना जनहरूलाई परमेश्वरको वचनअनुसार काम गर्न र दुष्टताबाट अलग रहन अगुवाइ गर्न हरेक उपाय अपनाए । उनको प्रयासले त्यो क्षेत्रको चौतर्फी विकास भयो।

खामा इसाई शिक्षा र नियमहरूलाई आफ्ना मानिसहरूको बिचमा लागु गर्नुमा दृढ थिए । उनले विद्यालयहरूलाई प्रवर्धन गरे र शिक्षित इसाईहरूलाई भर्ती गर्न प्राथमिकता दिए । उनले आदिवासी भूमिबाट मदिरा प्रतिबन्ध लगाए, विदेशी खानीमा प्रतिबन्ध लगाए, र आदिवासी भूमि बाहिर गाईबस्तुको बिक्रीमा रोक लगाए, र बहुविवाह समाप्त गरे । बहुविवाहको उन्मूलन सम्भवतः उनको सबैभन्दा महत्त्वपूर्ण कदम थियो । इसाई धर्म पछि वरिपरिका अन्य जनजातिहरूमा फैलिँदा बहुविवाह ती सबै भागहरूमा समाप्त भयो । उनले शासन गरेको यो क्षेत्र नै अहिलेको अफ्रिकाको बोत्स्वाना देश हो।

आफ्ना मानिसहरूलाई धार्मिक मार्गमा अगुवाइ गर्ने रहस्यको बारेमा सोध्दा उनी सधैँ आफ्नो घरको अगाडिको खुला मैदानलाई देखाउँथे, जहाँ उनी आफ्ना मानिसहरूलाई बिहान र साँझको प्रार्थनाको लागि भेला गर्थे।

दुई वटा कुराहरू : पहिलो: ख्रीष्टको सुसमाचारको सानो बिउ पनि खेर जाँदैन । दोस्रो: प्रार्थना सहितको प्रचार र प्रयासले मात्र मानिसहरूलाई ख्रीष्टको रूपमा रूपान्तरण गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *