“सय वर्षको प्रार्थना सभा”

Zinzendorf
जिन्जेन्डोर्फ

सन्‌ १७२७ को वसन्तमा आफ्नो समुदाय भित्रको आन्तरिक मतभेद र उथलपुथलको मौसममा निकोलस जिन्जेन्डोर्फ र केही मोराभियनहरूले आफ्नो बीचमा नयाँ जागृतिको लागि प्रार्थना गर्न थाले। गर्मी यामको अन्त्यसम्ममा झन्डै पचास मोराभियनहरूले दिनको एक घण्टा एकपछि अर्को गरी लगातार २४ घण्टा हप्ताको सात दिन प्रार्थना गर्ने प्रतिबद्धता जनाएका थिए। आत्मिक जागृति चाँडै नै मोराभियनहरूमा आयो। इसाईहरू नयाँ जीवन र शक्तिको साथ चम्किन थाले, मतभेद हरायो र अविश्वासीहरू परिवर्तन हुन थाले।

त्यो दिन र त्यसपछिका चार महिमित महिनाहरूलाई फर्केर हेर्दा, जिन्जेन्डोर्फले पछि यसरी भन्नुभएको थियो: “त्यो सम्पूर्ण ठाउँले मानिसहरूका बीचमा परमेश्वरको दृश्य वासस्थानको प्रतिनिधित्व गर्‍यो।”

त्यो जागृति “सन्‌ १७२७ को सुनौलो गर्मी याम” भरि जारी रह्यो। त्यस वर्षको अगस्ट २७ मा चौबीस पुरुष र चौबीस महिलाले निर्धारित प्रार्थनामा प्रत्येक दिन एक घण्टा बिताउने सङ्कल्प गरे।

मण्डलीको इतिहासमा प्राय: हुने गरी नै जागृतिको सुरुवातले प्रार्थनाको शक्तिप्रति मोराभियनहरूको प्रतिबद्धतालाई मात्र गहिरो बनायो। आज अचम्म देखिन सक्छ की मोराभियनहरूले आफ्नो चौबीसै घण्टा प्रार्थना सेवकाईलाई एक शताब्दीभन्दा बढी समयसम्म निरन्तरता दिए। वास्तवमा यसलाई “सय वर्षको प्रार्थना सभा”को रूपमा चिनिएको छ। मण्डलीहरूको कुनै अन्य समूहले मोराभियनहरूको शताब्दी लामो प्रार्थना घटनालाई दोहोर्‍याउन नसके तापनि अनगिन्ती मण्डलीहरू र अन्य सेवाहरूले प्राय: मोराभियनहरूको उदाहरणबाट प्रेरित भएर नै जागृतिको लागि वा केही अन्य प्राथमिकताहरूको लागि २४-घण्टे प्रार्थना सभाहरू आयोजना गर्ने गरेका छन्।

यो प्रार्थना नै विश्वभरि मोराभि मिसन कामको जग बन्यो र जोन वेस्लीको आत्मिक जन्म र सेवा पनि यही प्रार्थनाको प्रभावले भएको हो।

प्रार्थना र जागृतिलाई अलक पार्न सक्दै । प्रार्थना बिनाको जागृति होहल्ला मात्र हो जागृति बिनाको प्रार्थना पनि त्यही नै हो।

हे परमेश्वर सन्‌ १७२७ को घटनालाई फेरी एक पल्ट दोहोर्‍याउनुहोस्‌ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *